हङकङबाट उडेको टर्किस विमान दुर्घटनाग्रस्त

कम्तीमा ३२ जनाको मृत्यु

 काठमाडौं, ३ माघ । टर्किस कार्गो विमान किर्गिस्तानको मनास विमानस्थल नजिकै दुर्घटनाग्रस्त हुँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार मौसम खरावीले भिजिविलिटी कम हुँदा जहाज दुर्घटनामा परेको हो ।

स्थानीय समय अनुसार बिहान साढे ७ बजे जहाज डाचा-सु गाउँ माथि खसेको थियो ।

उद्धारकर्मीहरूले ३२ जनाको शव निकालेका छन्। दुर्घटना क्रममा १५ घरमा क्षति पुगेको भने केही बालबालिका पनि हताहत भएको बताइएको छ ।

मुलुकको मानस विमानस्थल बन्द गरिएको र साँझसम्मका लागि उडान रद्द गरिएको विमानस्थलका अधिकारीहरूले बताए ।

अरु थप विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति: २०७३ माघ ३ गते १५:३१ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी