धुर्मुस–सुन्तली प्राधिकरणको सद्भावना दूत

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हास्यकलाकार सीताराम कट्टेल र कुन्जना घिमिरे (धुर्मुस–सुुन्तली)लाई सद्भावना दूत नियुक्त गरेको छ । प्राधिकरणले एकीकृत बस्ती विकाससम्बन्धी काममा थप जागरण फैलाउन उनीहरूलाई सद्भावना दूत बनाउने निर्णय गरेको हो ।

मंगलबार बसेको प्राधिकरण कार्यकारी समितिको ४८औँ बैठकले यस्तो निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलले जानकारी दिए । बैठकले पुनर्निर्माण र पुनस्र्थापनासम्बन्धी काममा व्यक्तिगत प्रयासबाटै उल्लेखनीय योगदान पुर्‍याएको भन्दै कट्टेल र घिमिरेको प्रशंसा पनि गरेको छ ।

dhurmus 2

निजी आवास अनुदानको हकमा गत पुस मसान्तसम्म पहिलो किस्ता लिएका लाभग्राहीले आगामी १५ चैतसम्म दोस्रो किस्ताका लागि तोकिएको मापदण्डअनुसार आवेदन दिइसक्न सूचना जारी गर्ने निर्णय पनि भएको प्रवक्ता यमलाल भुसालले बताए । प्रवक्ता भुसालका अनुसार भूकम्पबाट प्रभावितमध्ये अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका र विपन्न परिवारलाई दिइने थप सहुलियतलाई निर्धारण गरिएको विधिअनुसार प्राथमिकीकरण गर्न स्वीकृति दिने निर्णयसमेत बैठकले गरेको छ ।

प्रकाशित मिति: २०७३ फागुन ११ गते ९:४८ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी