राप्रपाको केन्द्रिय सदस्यमा कसको कति भोट ?

काठमाडौं, ११ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनले ९८ जना केन्द्रीय सदस्य चयन गरेको छ । बुधबार राति अबेर सकिएको मतगणनामा खुलातर्फको केन्द्रीय सदस्यमा बुद्धिमान तामाङले सर्वाधिक मत ल्याएका छन् । सँगै गायिका कोमल ओली लोकप्रिय तेस्रो मत प्राप्त गर्दै खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएकी छिन्।

तामाङले  खुलातर्फ १ हजार ९ सय २८ मत प्राप्त गरे। मंगलबारदेखि सुरु भएको मतदानमा कूल २८ सयले मतदान गरेका थिए। मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिएको थियो।

केन्द्रिय सदस्यको खुलातर्फ दोस्रो नम्बरमा विक्रम पाण्डे रहे। उनले १ हजार ९ सय २६ मत प्राप्त गरे। तेस्रो नम्बरमा गायिका कोमल वली रहिन। उनले १ हजार ८ सय ५७ मत पाइन।

चौथो नम्बरमा धवलशमशेर राणा रहे। उनले १ हजार ७ सय ३९ मत प्राप्त गरे। राजेन्द्र लिङ्देलले १ हजार ६ सय ६४ मत प्राप्त गरे। उनी पाँचौ नम्बरमा रहे।

केन्द्रिय सदस्य पदमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र स्वर्गीय सूर्यबहादुर थापाका दुवै छोरा पनि विजयी भए। आफ्नो पिताको आर्शिवादले मन्त्री भइसकेका यी दुवै प्रधानमन्त्री पुत्रले राम्रो मत ल्याएका थिए।

जयन्त चन्दले १ हजार ५ सय ८९ मत प्राप्त गरे। उनी खुलातर्फ छैटौं नम्बरमा रहे। सातौ नम्बरमा जितेका सुनिल थापाले १ हजार ५ सय ५१ मत पाए।

आठौ नम्बरमा राजीव पराजुली रहे। उनले १ हजार ५ सय ४२ मत पाए। नयाँ अनुहारको रुपमा रहेका प्रेम बलायरले १ हजार ४ सय ४९ मत ल्याएर सबैलाई चकित तुल्याए। उनी नवौं नम्बरमा रहे।
पूर्व आइजिपी ध्रबबहादुर प्रधानले दसौं नम्बरमा १ हजार १ सय ८९ मत प्राप्त गरे।

महिलातर्फको केन्द्रीय सदस्यमा कुन्ती शाही, नायिका रेखा थापा, रोशन कार्की, कान्ता भट्टराई, गायिका मीरा राणालगायत १६ जना महिला निर्वाचित भएका छन् ।

महिलातर्फको कोटामा कुन्ती शाहीले सर्वाधिक मत १ हजार ८ सय ४८ मत प्राप्त गरेकी थिइन्।  नायिका रेखा थापा  १ हजार ६ सय ३ मत प्राप्त गर्दै विजयी भइन्।  यस्तै अर्की चर्चित गायिका मीरा राणाले रेखा थापापछि तेस्रो नम्बरमा सर्वाधिक मत ल्याइन्। राणाले १ हजार ४ सय ५२ मत प्राप्त गरेकी थिइन्।

राप्रपाको महाधिवेशनमा भएको मतदानमा तीन हजार २ सय ९७ महाधिवेशन प्रतिनिधि सहभागी थिए । राप्रपाको विधानमा ४० प्रतिशत केन्द्रीय सदस्य भने क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ।

दुई राप्रपाका बीचमा मंसिर ६ गते भएको एकतापछि भएको पहिलो महाधिवेशनले अध्यक्षको रुपमा कमल थापालाई यसअघि नै निर्वाचित गरिसकेको छ।

प्रकाशित मिति: २०७३ फागुन ११ गते १०:१८ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी