तपाइँ कति वर्ष ? मतदान गर्न पाउनु हुन्छ ?

काठमाडौं, ११ फागुन । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका र २०७३ फागुन ९ सम्म १८ वर्ष उमेर पूरा भएका नागरिकले मात्रै  वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भएका छन्।

निर्वाचन आयोगको मंगलबार बसेको बैठकले निर्वाचन मिति घोषणा हुँदाको दिन अर्थात फागुन ९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिकलाई स्थानीय तह निर्वाचनमा मताधिकार दिने निर्णय गरेको हो।

सरकारले निर्वाचन घोषणा गरेको भोलिपल्टै बसेको आयोग पदाधिकारीको बैठकले स्थानीय तह निर्वाचन नहुन्जेल मतदाता नामावली दर्ता गर्ने काम स्थगितसमेत गरेको छ।

फाल्गुन ९ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गराउने काम बन्द गर्न सम्बन्धित जिल्लास्थित निर्वाचन कार्यालयहरुलाई निर्देशन दिईएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए। शर्माले स्थानीय तह निर्वाचन नहुन्जेल मतदाता नामावली संकलन स्थगित हुने बताए । उनले त्यसपछि अर्काे निर्वाचन प्रयोजनका लागि आयोगले मतदाता नामावली संकलन खुला गर्ने जानकारी दिए ।

उनले जनतालाई सजिलो होेस् भन्ने उद्देश्यले नागरिकता लिएका र १६ वर्ष पूरा भएका व्यक्तिको नाम मतदाता नामावलीमा लेखाइए पनि मतदाता नामावली सम्बन्धी ऐन, २०७३ अनुसार निर्वाचन मिति घोषणा भएको दिनसम्म मतदाता नामावलीमा नाम समावेश भएका १८ वर्ष उमेर पूरा भएका नागरिकले मात्रै मतदान गर्न पाउने निर्णय भएको बताए ।

तोकिएकै मितिमा निर्वाचन गराउन सक्षम रहेको भन्दै निर्वाचन आयोगले  स्थानीय निर्वाचनको मिति घोषणा बारे सरकारले पठाएको पत्रबारे आयोगका आयुक्तहरुलाई जानकारी गराएको छ ।

प्रकाशित मिति: २०७३ फागुन ११ गते १०:५५ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी