धेरै भोट पाएकी वलीलाई पहिलो चोट

काठमाडौं । लोकप्रिय गायिका कोमल वलीले रेडियो नेपालको हुँदाखाँदाको जागिर राजिनामा दिएर राजनीतिको नशामा होमिएपछि एकाएक चर्चाको शिखरमा पुगिन् । वलीले राप्रपा नेपाल हुँदै राप्रपाको ऐतिहासिक महाधिवेशनमा लोकप्रिय मत ल्याएर तेश्रो नम्बरमा समेत पर्न सफल भइन् । राप्रपाको राजनीतिमा होमिएका मै हुँ भन्ने धेरैलाई पछाडि पारेर एकाएक गायिका वलीले बहुमत पाउँदा जनस्तरमा ठूलै भूइँचालो गएको पक्कै हो । उनको बहुमतलाई लिएर धेरैले आँकलन गर्न थालेका थिए अब गायिका वली पार्टीको महामन्त्री वा त्यस्तै ठूलो पोस्टमा नै केन्द्रीय समितिमा हुन्छिन् । कसैले भन्ने गरेका थिए मुलुकको राष्ट्रपति, वा पहिलो प्रधानमन्त्री हुने पक्का छ । राप्रपामा सँगै महाधिवेशनको चुनावी मैदानमा उत्रिएकी नायिका रेखा थापा महिला कोटामा थिइन् भने उन ीभने आरक्षण भने कमजोरका लागि मात्र हो भन्दै खुलातर्फ होमिएकी थिइन् । जित मात्र होइन बहुमतको जित ल्याएकी कोमल वलीलाई अन्ततः पार्टीले केन्द्रीय सदस्यमा नै नमस्कार ग¥यो ।

komal oli
राप्रपाको पहिला बैठकमा पार्टीको पदाधिकारी भागबण्डामा सबैले सोचेको भन्दा फरक भयो कोमल वलीका लागि । धेरै भोट पाएकी वलीले राजनीतिको पहिलो कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यमै चित्त बुझाउनु परेको स्थिति देखा प¥यो । राप्रपाका अध्यक्ष कमल थापाले उपाध्यक्ष, महामन्त्री, प्रवक्ता, कोषाध्यक्ष, सहायक प्रवक्ता लगायतका विभिन्न शीर्षकमा पद बाँडफाँड गरिसकेका छन् । यो देख्दा कोमल वलीलाई लाग्दो हो म यति धेरै बहुमत ल्याएको सदस्य पनि केन्द्रीय सदस्यभन्दा ठूलो स्थानमा पुग्न सकिनँ । पु¥याओस् पनि कसरी ? पार्टीले हिजोदेखिको योगदान हेरेर नै पद बाँडफाँड गरेको होला । हिजोको योगदानलाई भुल्दा पार्टी नै नरहला भन्ने डर पनि एकातिर होला । अब बहुमत सदस्यको कदर पनि गर्नैपर्ने हो क्यारे ।

प्रकाशित मिति: २०७३ फागुन २३ गते ०:२० बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी