बजारमा ‘मैले हार्दा के भो’ (भिडियोसहित)

maile herdaकाठमाडौं– लोकप्रिय तथा चर्चित गायिका अन्जु पन्तको सुमधुर स्वरमा सजिएको ‘मैले हार्दा के भो प्रिय’ बोलको गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोसहित युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

गीतको शब्द गीतकार तथा मोडल पासाङ तामाङ ले लेखेका हुन् । जसमन मनिपाल राईको सुमधुर संगीत रहेको छ । उक्त गीत माया प्रेम र बिछोडका कथामा आधारित रहेको छ । ‘मैले हार्दा के भो प्रिय’ गीतकार तथा मोडेल पासाङ तामाङको पहिलो एल्बम ‘तिम्रो यादमा’मा समावेश रहेको छ ।

 

उक्त गीतको म्युजिक भिडियोलाई सुन्दर लावतीले निर्देशन गरेका हुन् । जसमा नायिका सुष्मा कार्की र पासाङ तामाङको शसक्त अभिनय रहेको छ । भिडियोमा कार्की र तामाङका साथमा अन्य मोडल गीता राई, बिनिता तामाङलगायतको पनि अभिनय गरेको छ । भिडियोलाई जीवन सेञ्चुरीले छायांकन गरेका हुन् भने अर्जुन पोखरेलले सम्पादन गरेका छन् ।

प्रकाशित मिति: २०७३ फागुन २६ गते १६:५१ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी