कार्कीले ल्याए डाँडैमा बिजुली (भिडियोसहित)

काठमाडौं– यतिबेला डाँडैमा बिजुली आएको छ । सबै गाउँघरै उज्यालो भएको छ । हुन त, यतिबेला नेपाल बिधुत प्रधिकरणले नेपालका हरेक कुनाकुनामा बिजुली पु¥याउने र सहरहरुमा लोडसेडिङमुक्त गर्ने अभियानमा लागि परिहरेको छ । त्यसैले पनि होला डाँडैमा बिजुली पुगेको हुन सक्छ ।

 
तर, यहाँ कुरा अलि फरक रहेको छ । सुनखानी म्युजिक प्रालिको प्रस्तुतीमा चर्चित गीतकार, संगीतकार तथा गायक विरही कार्कीले लोक तथा दोहोरी गीत ‘डाँडैमा बिजुली आएयो’ बजारमा ल्याएका हुन् । उनको गीतमा उनी आफैको र नवगायिका कल्पना सुनुवारको सुमधुर स्वर रहेको छ । गीतको शब्द तथा संगीत कार्कीको नै रहेको छ ।

 

‘डाँडैमा बिजुली आएयो’लाई सुनखानी म्युजिक निर्माणमा शाही भिजन प्रालिले म्युजिक भिडियो निर्माण गरेको छ । जसलाई निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् । गितमा पछिल्लो समय निकै चर्च बटुल्न सफल र सबै दर्शकहरुको मन जित्न सफल मोडल तथा नृत्य नायक–नायिका शंकर बिसि र पार्वति राईको साथमा अन्य साथीहरुको शसक्त नृत्य रहेको छ । भिडियोलाई करन चैसिरले छायांकन गरेका हुन भने विष्णु शर्माले सम्पादन गरेका हुन् ।

 

 

 

 

प्रकाशित मिति: २०७३ फागुन २६ गते १७:०४ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी