निर्वाचन आयोगको हिन्दू राष्ट्र र राजतन्त्र हटाउने निर्णयविरुद्ध राप्रपा

काठमाडौं । निर्वाचन आयोगले राप्रपाको विधानबाट ‘हिन्दु राष्ट्र’ र ‘राजतन्त्र’ हटाउने निर्णय गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले सदनदेखि सडकसम्म संघर्ष गर्ने निर्णय गरेको छ ।

राप्रपाले निर्वाचन आयोगको निर्णयको प्रतिक्रिया स्वरुप संविधानबाट धर्मनिरपेक्षता हटाउन र हिन्दु राष्ट्र राख्न माग गर्दै व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णयसमेत गरेको छ । निर्वाचन आयोगले यो निर्णय नसच्याए चुनावसमेत बिथोलिन सक्ने राप्रपाले चेतावनी दिएको छ ।

RPP-CC-meeting

शनिबार राप्रपा प्रवक्ता रोशन कार्कीद्वारा जारी प्रेस विज्ञप्तिमा धर्म निरपेक्षताको खारेजी र हिन्दुराष्ट्र स्थापनाको माग गर्दै संविधान संशोधन प्रताव पेश गर्ने जनाइएको छ ।

राप्रपाले तत्कालका लागि संघर्षका कार्यक्रम अन्तर्गत चैत ७ गते जिल्ला सदरमुकाममा जुलुससहित जिल्ला निर्वाचन कार्यालय गएर ज्ञापनपत्र बुझाउने कार्यक्रम सार्वजनिक गरिएको छ । काठमाडौंका निर्वाचन कार्यालय बहादुर भवनमा धर्ना र ज्ञापनपत्र दिने निर्णय पनि राप्रपाले गरेको छ ।

प्रकाशित मिति: २०७३ चैत ५ गते २२:५२ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी