रजत जयन्तीमा ‘राणी सती सेवा संघ’को कला प्रदर्शन

काठमाडौं । ‘राणी सती सेवा संघ’ले आङ्खनो २५औँ रजत जयन्तीको अवसर पारेर शनिवार काठमाडौंमा विभिन्न देवताको प्रतिमासहितको झाँकी निकालेको छ । काठमाडौंको हनुमानढोकाबाट सुरु भएको ¥याली कमलपोखरी पुगेर समापन भएको थियो । ¥यालीमा गणेश, शिव, हनुमान, श्याम बाबा, दुर्गा माता, राणी सती दादीको प्रतिमासहितको झाँकी निकालिएको थियो ।

 

main-news-..

जसमा पाँच सय ५१ जना महिलाले कशल यात्रा गरेका थिए । ‘राणी सती सेवा संघ’को रजत जयन्तीमा सहभागी हुन भारतबाट समेत ३ सय ५० जना भक्तजन नेपाल आएका थिए । त्यस्तै नेपालका ३५ सय मारवाडी समुदायका मानिस सहभागी भएका थिए । संघले शनिवार र आइतबार विभिन्न कार्यक्रम गरेर रजन जयन्ती मनाउँदै छ ।

 

कार्यक्रमका लागि ‘राणी सती सेवा संघ’ काठमाडौंले कमलपोखरी सफा गराएको थियो । कमलपोखरीमा गणगौर उत्सव, दीपो उत्सव, आरती, प्रवचन र फूलको होली हुने कार्यक्रम छ । ऐतिहासिक कमलपोखरीलाई विश्व सामु चिनाउन र पर्यटक आकर्षण गर्नका लागि कमलपोखरीमै कार्यक्रम गरिएको संघले जनाएको छ ।

 

राणी सती देवीलाई मारवाडी समुदायले आफ्नो कुल देवताको रूपमा पुज्दै आएका छन् । संघका अध्यक्ष अजय जालानले राणी सती मन्दिर झूंझनुको सहकार्यमा नारायणी नमो नमो कार्यक्रम काठमाडौंको ऐतिहासिक महत्व बोकेको प्राकृतिक कमलपोखरीलाई विश्वसामु चिनाउन र पयर्टक आर्कषण गर्नका लागि यो कार्यक्रम गर्न लागेको बताए ।

 

कार्यक्रममा भारतको राजस्थानबाट आएका कलाकार र नेपाली कलाकारको विशेष प्रस्तुती रहने छ । यस उत्सवले यति वेला कमल पोखरीलाई बेहुली झैं सिङ्गारिएको छ । अन्य कार्यक्रममा गणगौर उत्सव, दीप उत्सवलगायत भजन किर्तनको कार्यक्रम रहेको कार्यक्रमका संयोजक श्रवणकुमार संघाईले बताए ।

प्रकाशित मिति: २०७३ चैत १३ गते १७:१७ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी