गीतसंगीत क्षेत्रमा प्रवासबाट उदायका पासाङ

काठमाडौं । नेपालको पुर्वी पहाडी जिल्ला धनकुटाको रमणिय स्वर्ग जस्तै ठाउँमा २०४६ साल जेठ ३ गतेका पिता जितबहादुर तामाङ र माता सानुमाया तामाङको कान्छो सुुपुत्रको रुपमा जन्मिएका गीतकार तथा मोडेल पासाङ तामाङ बर्तमान सुमय प्रवासमा काम गर्दै आएका छन् । उनले प्रवासमा रहेरपनि गीतसंगीतलाई निकै माया गरिरहेका छन् ।

pasang_tamang

 

हँसिलो मुहार मिलनसार स्वाभावका गीतकार तामाङको सानै देखि गीत लेखनमा खुबै रुचि थियो । तामाङ फुर्सदको समयमा गीतहरु लेख्ने अनि गाउँघर, मेलापात, घाँसदाउरा, उकालीओराली अनि भञ्जइाङ चौतरि गर्दा आफैले लेखेका गीतहरु गुनगुनाउँदै बाल्यकाल बिताएको सुनाउँछन् ।

 

 

आफ्नै देशको माटोमा पसिना बगाएर आफ्नो उज्ज्वल भबिष्य बनाउने सुन्दर सपना बोकेका तामाङले सोचेजस्तो नभएपछि जीवनलाई प्रवासतिर मोडेका थिए । उनले देशको दर्दनाक अवस्था तथा राजनीतिको चपेटामा परेर अरु नेपाली युवाहरु जस्तै हरियो पासपोर्ट हातमा लिएर प्रवासतिर लग्न बाध्य भएका हुन् ।

 

 

तर, उनको प्रवास अरुको भन्दा निकै फरक छ । आफ्नो देश र आफन्त गाउँघरलाई छोडेर निकै टाढा जानुपरे पनि अरुको ओठमा खुसीको लहर देखिन्थ्यो । तर गीतकार तामाङको मुहारमा आफ्नो देश र आफ्नै देशको माटोमा पसिना बगाएर जीवनयापन गर्ने सपना तुहिएको पीडाले मन भित्रभित्रै भतभती पोलिरहेको थियो ।

 

अनगिन्ती सपनाहरु मध्यको एउटा अर्को सपना थियो आफ्नो शब्दहरुलाई रेकर्ड गराएर नेपालको कुना–कुना, डाँडा पाखा भिर पहरामा गुञ्जाउने । तर, हरियो पासपोर्टले सपना अधुरो बनाउल लाग्यो ।

 

आटेपछि नहुने के नै छ र ?  एकदिन संम्योगले गायक तथा संगीतकार मनिपाल राईसँग भेट भयो र आफ्नो गीत रेकर्डिङ गर्ने सपना पुरागर्छु भन्ने अठोटमा मनिको साथ र आफ्नो आटले परदेशमा बसेर आफ्नो एकल शब्द रहेको गीति एल्बम ‘तिम्रो यादमा’ नेपाली संगीतपारखी मनहरु माझ पस्कन सफल भए ।

 

 

उनी प्रवासतिर मोडिएपनि गीतसंगीतलाई पर राखि बस्न परेन । उनको एल्बममा चर्चाका शिखर चुम्न सफल सुमधुर स्वरका धनि गायकरगायिकाहरुले स्वार भरेका छन् । जसमा गायक तथा संगीतकार मनिपाल राईले संगीत दिएका छन् ।

 

प्रवासमा रहेका गीतकार तथा मोडेल तामाङलाई गीत लेखनले मात्रै पुगेन उनी गीतहरुका म्युजिक भिडियोहरुमा समेत आफ्नो अर्को क्षमता पस्कन थाले । चल्तिकी नायिका सुष्मा कार्कीसँग उनले भिडियोमा अभिनय गरे । आगामी यात्रा भनेको गीत लेखनसँग सँगै मोडेलिङ क्षेत्रलाई पनि सँगै अगाडि बढाउने उनको योजना रहेको छ ।

 

प्रकाशित मिति: २०७३ चैत १३ गते १८:०२ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी