फूलमाया कार्की फाउन्डेशनका तर्फबाट कार्कीले गरे आर्थिक सहयोग

तनहुँ – मातातीर्थ औँसीको अवसर पारी लोककलाकार बिरही कार्कीले देवघाटमा रहेको देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम) लाई आर्थिक सहयोग गरेका छन् ।

 

आश्रमको संरक्षण, सम्बद्र्धन र सम्मानका लागि दैनिक १ बाट १ करोड अभियानलाई कार्कीले फूलमाया कार्की फाउन्डेशनका तर्फबाट नगद दशहजार प्रदान गरेका हुन् ।

fulmaya karki

देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको आश्रममा ३३ जना असाह्य वृद्धवृद्धा र बेसाहाराहरूले संरक्षण लिदै आएका छन् । कोषमा हालसम्म ९ लाख रकम संकलन भैसकेको छ ।

 

लोक तथा दोहोरी गायक कार्कीले आश्रममा रहेका वृद्धवृद्धाहरूलाई आफ्ना सांगीतिक प्रस्तुतीहरू सुनाएर केहीबेर नचाएका थिए ।

 

सो अवसरमा कार्कीले आश्रममा रहेका वृद्ध आमाहरूलाई मन्जु श्री असाह्य संरक्षण केन्द्रकी अध्यक्ष मन्जु खाँडको सहयोगमा साडी पनि बितरण गरेका थिए ।

 

यसैबीच, कार्कीले दिवंगत आमाको स्मृतिमा सञ्चालन गरेको फूलमाया कार्की फाउण्डेशनका तर्फबाट वेसहारा छोरीहरूको संरक्षणको क्षेत्रमा काम गर्दै आएको कुसुम साहारा घरका २ जना वालिकाहरू कक्षा १ देखि १२ सम्म निशुल्क पढाउने घोषणा गरेका छन् ।

 

फाउण्डेशनले यस बर्षबाट नै ७ जना बालवालिकाहरूलाई कक्षा १२ सम्म निःशुल्क पढाउने भएको छ ।

प्रकाशित मिति: २०७४ वैशाख १४ गते १६:४२ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी