मनिपालको अर्को गीत ‘तिम्रो मुस्कान’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । धमाधम गीतहरु बजारमा आउने क्रम बढेको छ । अझ परवासबाट निकै गीतहरु सार्वजनिक भएको पाईन्छ । सोही क्रममा परदेशमा रहेर पनि नेपाली गीत संगीतमा निरन्तर अगाडि बढिरहेका गायक, संगीतकार तथा गीतकार मनिपाल राईले ‘तिम्रो मुस्कान’ बोलको आधुनिक गीत सावृजनिक गरेका छन् ।

manipal-rai
उनले पछिल्लो समय धमाधम आफ्ना गीतहरु बजारमा ल्याईरहेका छन् । उनी पछिल्लो समयमा निकै ब्यस्त तथा चर्चामा आउँन सफल भएका छन् ।  राईले केही समयअघि आफ्नै शब्द, संगीत र स्वरमा रहेको एल्बमेहरुका साथै भिडियोहरु पनि सार्वजनिक गरेका थिए ।

 
उनको ‘तिम्रो मुस्कान’को म्युजिक भिडियोमा कलाकारहरु सुरज, मेका र चार्लीले शसक्त अभिनय गरेका छन् । निर्देशक सुन्दर लावतीको निर्देशनमा तयार भएको भिडियोमा फुर्वा दोर्जे तामाङको छायांकनमा मलेसियाको विभिन्न स्थानहरुमा कैद गरिएको छ । जसलाई अर्जुन पोखरेलले सम्पादन गरेका छन् ।

प्रकाशित मिति: २०७४ वैशाख १५ गते २०:३३ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी