फुलमायाकार्की फाउन्डेसनले यी बालबालिकालाई पढाउने

काठमाडौं– दर्ता भएको १ वर्ष नपुग्दै छोटो समयमा नै गायक बिरही कार्कीले संचालन गरेको सामाजिक सस्था फुलामायाकार्की फाउन्डेसनले बिभिन्न सामाजिक कार्यहरु गर्दै समाजमा असल भूमिका निर्बाह गरेको छ ।

fulmaya-foudation-help

फाउण्डेशनका तर्फबाट अहिलेसम्म असाह्य, बेसाहारा ७ जना बालबालिकाहरुलाई निःशुल्क पढाउने योजना अन्तर्गत गोरखाको पालुङ्टारमा रहेको ठाँटीपोखरी बालज्योती इंग्लिस बोडिङ स्कुलमा पढाउने गरि २ जना बालबालिकाहरु संजोग कार्की र संजय खत्री अनि सहाराको घर अन्तर्गत चितवनको शान्ति बिध्या मन्दिरमा पढाउने गरि २ जना बालबालिका अंशु सहारा र अदिर्ष्टि सहाराको नाम छनौट गरि सार्वजनिक गरिएको कुरा सस्थाका अध्यक्ष बिरही कार्कीले जानकारी गराएका छन् ।

 

हामीले चालेको सामाजिक कामले अरूलाई पनि प्रभाव पर्ने, सकारात्मक र सहयोगी समाज निर्माणमा सहयोग पुग्ने कार्कीले बताए । /फाउण्डेशनले यसभन्दाअघि भरतपुर अस्पतालमा उपचार गराएकी सुस्त मनस्थिती भएकी बालिका शोभा श्रेष्ठ, क्यान्सर रोगबाट पिडीत काभ्रेका रामकुमार लामा, फोक्सो सम्वन्धि रोगबाट पीडित बनेर उपचार गराइरहेका लोक तथा दोहारी गायक सागर बोहोरा, दुबै खुट्टा नभएका धरानका मिनबहादुर तामाङ, साउदीमा मृत्युदण्डको सजाय सुनाइएका काभ्रेका रामचन्द्र तिमिल्सिना, लाई आर्थिक सहयोग गरेको छ ।

 

त्यस्तै गरि मातातीर्थ औंसीको अवसर पारी देवघाटमा रहेको देवघाट समाज कल्याण केन्द्र बृद्धाश्रमलाई आर्थिक सहयोग, बालबालिकाको हकहितको लागि सेवा गरिरहेको सहाराको घर, उत्पीडित र अपहेलित महिला र बालबालिकाको लागि लडिरहेको मन्जु असहाय संरक्षण केन्द्र लगायत दोहोरी गीत प्रतिष्ठानको भवन निर्माण, मनकामना मन्दिरको जीर्णोद्धारमा आर्थिक सहयोग गरेको अध्यक्ष बिरही कार्कीले जानकारी दिए ।

 

फाउण्डेशनमा हालसम्म स्वदेश र बिदेशमा गरी ५५ जना आजिवन सदस्य छन् । ‘हाम्रो सामाजिक अभियानमा साथ दिन हुन सबै नेपालीहरु लाइ आजिबन सदस्य लिएर आफु सक्दो सहयोग गरिदिन हुन हाम्रो अनुरोध रहेको छ ।’ आज अरुलाइ मात्र सहयोग गर्नी होइन भोलि आफुलाई पर्दा पनि फाउन्डेसनको पहलमा सहयोग हुने कुरा अबगत छ ।

प्रकाशित मिति: २०७४ वैशाख २० गते १२:४५ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी