एनआरएन अष्ट्रेलियाको अध्यक्षमा तोनु घोताने बिजयी

 Tonnou Ghothaneसिड्नी ।  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अष्ट्रेलियाको अध्यक्षमा  मेलवर्न निवासी तोनु घोताने बिजयी भएका छन् ।

शनिवार सम्पन्न मतदानमा निवर्तमान महासचिवसमेत रहेका घोताने २ हजार २ सय १८ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र प्रताप शाहले २ हजार २ सय १३ मत पाए । अध्यक्षका अर्का प्रत्यासी अभिमानसिंह बस्नेतले ५५६ मत पाए भने महेशसिंह भण्डारीले २४५ मत पाए ।

यसैगरी महासचिवमा नारायण कोइराला, सचिवमा देबबहादुर गुरुङ र कोषाध्यक्षमा अच्युत शर्मा थपलिया बिजयी भएका छन् ।

युवा संयोजकमा धर्मराज अधिकारी बिजयी भएका छन् भने महिला फोकल पोइन्टमा प्रतिज्ञा अधिकारी निर्बिरोध भएकी छन् ।

यसैगरी स्टेट संयोजकहरुमा एसीटीमा राजनप्रसाद ढुंगेल, न्यू साउथ वेल्समा नन्द गुरुङ, नर्दन टेरिटोरीमा हरिराम रिजाल, क्वीन्सल्याण्डमा सन्तोष कुवँर, साउथ अष्ट्रेलियामा अशोक केसी, भिक्टोरियामा केशव कँडेल, वेष्टर्न अष्ट्रेलियामा दीपक शर्मा र तास्मानियामा विशेश्वर खतिवडा बिजयी भएका छन् ।

प्रकाशित मिति: २०७४ असार २५ गते १२:०४ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी