विराटनगर महानगरमा कांग्रेस विजयी

बिराटनगर, २५ असार । विराटनगर महानगरपालिको मेयर र उपमेयर दुवै पदमा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसका तर्फबाट प्रमुखका उम्मेदवार भीम पराजुली एमालेका विनोद ढकाललाई ५७१० मत अन्तरले हराउँदै विजयी भएका हुन् । पराजुलीले २३०३१ मत पाए ।

उपमेयरमा निर्वाचित नेपाली कांग्रेसकी इन्दिरा कार्कीले २०१८६ मत पाएकी छन् । दोस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी उम्मेदवार नमिता न्यौपानेले ११५४४ मत पाएकी छन् भने तेस्रो भएकी फोरम लोकतान्त्रिककी सूची चौधरीले १०५३६ मत पाइन् । चौधरीलार्इ एमालेले सघाएको थियो  ।

बिराटनगरमा मेयर पदका लागि एमालेले फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरमले तालमेल गरेका थिए ।

कांग्रेसले १, ३, ४, ७, ८, ९ र १६ नम्बर वडाका अध्यक्ष पदमा विजय हासिल गरेको छ । संघीय समाजवादी फोरमले महानगरका १३, १४, १५, १७ र १८ मा अध्यक्ष जितेको छ भने एमालेले वडा नं २, ५ र ११ जितेको छ । माओवादी केन्द्रले वडा नं. ६ र वडा नं. १९ मा जित हासिल गरेको छ ।

२०४९ मा भएको स्थानीय निर्वाचनमा विराटनगर नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार अशोक कोइराला र उपप्रमुख गंगा भगतले जितेका थियो । त्यो बेला पनि अधिकांश वडामा कांग्रेस विजयी भएको थियो ।

२०५४ मा भएको स्थानीय तहको निर्वाचनमा भने एमालेबाट प्रमुखमा उठेका रमेशचन्द्र पौडेल र उपप्रमुखमा भूराज राई जितेका थिए ।

प्रकाशित मिति: २०७४ असार २५ गते १२:२० बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी