मेसी जेल जानु नपर्ने

messi / dinesh thapaबार्सिलोना । स्पेनको अदालतले शुक्रबार कर छली आरोपमा दोषी भेटिएका बार्सिलोना स्टार लियोनल मेसीमाथि  तोकिएको जेल सजाएको सट्टा जरिवाना तिरे पनि हुने फौसला गरेको छ ।

विश्वकै उच्च आम्दानी गर्ने खेलाडीमध्येका एक अर्जेन्टिनी स्टार मेसी र उनका बुबालाई कर छलेको आरोपमा क्रमशः २१ महिना र १५ महिनाको जेल सजाय तोकिएको थियो ।

अदालतको उक्त फैसलापछि मेसीले २ लाख ५२ हजार युरो र उनका बुबाले १ लाख ८० हजार युरो जरिवाना तिर्नुपर्नेछ ।

पहिला सुनाइएको जेल सजाएमा पनि मेसी र उनको बुबाले जेल जीवन बिताउनुपर्ने थिएन । स्पेनमा कुनै पनि गैरहिंसाको घटनामा २ वर्षभन्दा कमको जेल सजाए भएमा जेल जानु पर्दैन ।

मेसी र उनको बुबामाथि लागेको ४ करोड १० लाख युरो कर छलीको आरोपमा दोषी ठहर गर्दै स्पेनको अदालतले २०१६ मा उनीहरूमाथि जेल सजाएका साथै जरिवाना तिर्न आदेश दिएको थियो ।

मेसीले  बेलिज, बेलायत, स्विजरल्यान्ड र उरुग्वेमा नम्कली कम्पनी  खडा गरेर २००७ देखि २००९ सम्मको आम्दानी लुकाएको आरोप लागेको थियो ।

यसअघि औपचारिक अनुसन्धानको दायरामा आएपछि उनीहरूले सन् २०१३ को अगस्टमा ५ करोड युरो तिरेका थिए । त्यस्तै आरोप पुष्टि भएपछि मेसी र उनका बुबाले ३ करोड ५० लाख युरो जरिवाना तिरेका थिए ।

‘यसै कारण उनीहरूको जेल सजाएको सट्टा जरिवाना तिरे पनि हुने फैसला गरिएको छ,’ अदालतले शुक्रबार गरेको फैसलामा भनिएको छ ।

स्पेनमा कर छली आरोप लागेका मेसी एक मात्र खेलाडी होइनन् । पछिल्लो समय पोर्चुगल तथा रियाल मड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि पनि कर छलीको आरोपमा मुद्दा दर्ता भएको छ ।

१४ करोड ७० लाख कर छलेको आरोप लागेका रोनाल्डोलाई अदालते जुलाई ३० मा हाजिर हुन आदेश दिइसकेको छ ।

प्रकाशित मिति: २०७४ असार २५ गते १३:०२ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी