मलाला अब ट्वीटरमा

Malala_Yousafzai_2015नोबेल पुरस्कार विजेता मलाला युसुफजाई शुक्रबारदेखि ट्वीटरमा आबद्ध भएकी छन् । आफ्नो विद्यालय शिक्षा पूरा गरेको पहिलो दिनमा उनी ट्वीटरसँग जोडिएकी हुन् । पहिलो ट्वीटमा उनले बालिका शिक्षाका लागि जारी आफ्नो अभियानमा सहयोग गर्न आह्वान गरेकी छन् । १९ वर्षीया उनले आफ्नो विद्यालय शिक्षालाई ‘तीतोमीठो’ क्षण भन्दै यस्तो अवसर नपाउने करोडौं बालिकालाई सम्झिरहेको बताएकी छन् ।

मलालाले ११ वर्षको हुँदा बालिका शिक्षाका बारेमा ब्लग लेख्न सुरु गरेकी थिइन् । बालिका शिक्षाका बारेमा अभियान सञ्चालन गरिरहेका बेला १५ वर्षको उमेरमा उनी तालिवानीको गोलीको सिकार भएकी थिइन् ।

टाउकोमा गोली लागेर घाइते भएकी उनको बेलायतमा उपचार भएको थियो । त्यस बेलादेखि उनले बेलायतमै अध्ययन गरेकी थिइन् । ट्वीटमा आबद्ध भएको २ दिनमै उनलाई पछयाउनेहरू ४ लाख ७६ हजार पुगेका छन् ।

प्रकाशित मिति: २०७४ असार २५ गते १३:१३ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी