घनमायाको मौलीक तीज गीत ‘आगनिको डिलैमा’

 

काठमाडौं– गायिका घनमाया रानाले हिन्दु नारीहरुको महान सांस्कृतिक पर्व तीजको अवसरमा मौलीक गीत श्रोता तथा दर्शकमाझ मौलीकता बोकेको तीज गीत तीज गीत ‘आगनिको डिलैमा….’ ल्याएकी छन् ।  विकृतका शब्दहरुमा तीजका गीतहरु आइरहेका बेलामा घनमायाले साँचिकै मौलीकता बोकेको गीत निर्माण गरेकी छन् ।

 

ghana mayaपत्रकार तथा गीतकार शान्तिप्रियको शब्द रहेको यस गीतमा संगीतकार सन्तोष श्रेष्ठले सुमधुर संगीत भरेका छन् । पछिल्लो समयमा तीजका गीतहरु छाडा हुँदै गएको अवस्थामा यस गीतले हरेकको मन छुनेमा संगीतकार श्रेष्ठ विश्वस्त छन् ।
निर्माता जीवन केसीले तीज विकृत बन्दै गएको र मौलीकता खोज्नुपर्ने आवश्यक भएको बेलामा आफूले सोचेजस्तो गीत प्रकाशन गर्न सकेको बताएका छन् । गायिका घनमायाले पनि तीजको मौलीक गीत आपूmले गाउन पाएकोमा खुशी ब्यक्त गर्दै भनिन्, ‘हामी संगीतकर्मीले नै मौलीकताको जगेर्ना गर्ने हो र मौलक श्रृजनामा जोड दिनुपर्छ । जसका कारण हाम्रो पन रहने छ ।’
गीतको म्युजिक भिडियोलाई सरल रुपमा निर्माण गरिएको छ । जसलाई गोपाल थापाले निर्देशन गरेका छन् । गीतमा रिना थापा र मिठ्ठु आलेको शसक्त अभिनय रहेको छ ।
भिडियोलाई देवराज आचार्यको छायांकन गरेका छन् भने मनोज कार्कीको सम्पादन गरेका छन् । उक्त गीतलाई गोल्डेन क्रियशनको प्रस्तुत गरेको हो भने बजार व्यबस्थापन पनि गोल्डेन क्रियशनले नै गरेको छ ।

 

प्रकाशित मिति: २०७४ साउन ५ गते १६:१० बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी