बाढी पहिरो पिडितलाई सहयोग गर्न अपिल

aaaसौल । बाढी पहिरोका कारण नेपालमा भएको मानवीय र धनजनको क्षति प्रति दुख व्यक्त बाढी पहिरो पिडितलाई सहयोग गर्न जनप्रगतिशिल मंच दक्षिण कोरियाले अपिल गरेको छ । मंचले आज एक विज्ञप्ती जारी गरी नेपालमा भएको विपत्तीमा प्रवासमा रहेका सबै नेपाली एक भएर सहयोग गर्न अपिल गरिएको छ ।
मन्चका कोषाध्यक्ष गोविन्द गौतमको संयोजकत्वमा राहत तथा आर्थिक संकलन सहयोग समिती गठन गरी दक्षिण कोरियामा रहनु हुने सम्पूर्ण मजदुर, बिद्यार्थी, ब्यवसायी, पत्रकार, समाजसेवी लगायत सम्पूर्ण कोरिया बासी नेपालीहरुमा सहयोगका लागि नेपाली आव्हान गरिएको छ ।

विज्ञप्तिको पूर्ण पाठ यस्तो छ ।

हार्दिक अपिल
आदरणीय महानुभावहरू, अविरल बर्षा तथा बाढी पहिरोको प्राकृतिक बिपत्तिका कारण नेपालको अधिकांश तराई भूभाग डुबानमा पर्नु को साथै सयौंको संख्यामा हताहति र अर्बौको धनजनको क्षति हुन पुगेको छ । यो पिडादायी बिपत्तिका कारण आज प्रवासमा रहेका हाम्रो नेपाली मन पनि बिक्षिप्त बनेको छ । मृतक प्रति गहिरो समवेदना प्रकट गर्दै घाईते तथा संकटमा रहेको पिडीतहरूको उद्धारमा लाग्नुहुन सबै प्रवासीहरुमा आव्ह्वान गर्दछौ। यो दुःखद घडीमा एक नेपालीको घाउमा अर्को नेपालीले मलम लगाउनु मानवीय धर्म हो ।   देशको पिडामा मलमपट्टि गर्ने प्रयास स्वरुप हाम्रो नेपाली जनप्रगतिशील मन्च दक्षिण कोरियाको कोषाध्यक्ष गोविन्द गौतम ज्यूको संयोजकत्वमा राहत तथा आर्थिक संकलन सहयोग समिती निर्माण गरेको छौ । दक्षिण कोरियामा रहनु हुने सम्पूर्ण मजदुर, बिद्यार्थी, ब्यवसायी, पत्रकार, समाजसेवी लगायत सम्पूर्ण कोरिया बासी नेपालीहरुमा सहयोगका लागि नेपाली जनप्रगतिशील मन्च हार्दिक अपिल गर्दछ ।

सहयोग गर्न चाहनेहरुले निम्न खातामा अथवा फोन मार्फत सम्पर्क गरी सहयोग जटाउन सक्नु हुनेछ ।
 गोबिन्द गौतम

खाता नं: 01072189873 ibk bank 003 (고빈다)

सम्पर्क . 01072189873

प्रकाशित मिति: २०७४ साउन ३० गते २१:०३ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी