एनआरएनए जापानको अध्यक्षमा टासी लामा सर्वसम्मत्

Tashi-Lama-गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा टासी वाङ्दी लामा सर्वसम्मत चयन भएका छन् ।

आईतबार टोकियो निशी ओगिकुवोमा सम्पन्न एनआरएनए जापानको आठौं राष्ट्रिय महाधिवेशनमा लामा आगामी कार्यकाल २०१७-१९को लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । अध्यक्षका प्रत्यासी अनुज थापा आईसीसी सदस्यमा जान राजी भएपछि लामालाई अध्यक्ष पदका लागि बाटो खुलेको हो ।

त्यसैगरी महासचिवमा बुद्धिराज घिमिरे र कोषाध्यक्षमा कालिका थापा चयन भएका छन् । श्रोतका अनुसार एनआरएनए उपाध्यक्ष भवन भट्टसहित स्थानीय राजनीतिक दल र जापानका संघसंस्थाका प्रतिनिधिबीच शनिबार राति भएको गोप्य भेलाबाट अध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा सर्वसम्मत भएको छ ।

‘बोल्नेलाई सुनौं, काम गर्नेलाई चुनौं’ भन्ने मुख्य नाराहित आफ्नो उम्मेदवारी घोषणा गरेका लामाले आफु कुरामा भन्दा काममा विश्वास गर्ने बताउँदै जापानवासी नेपालीको हकहितमा काम गर्ने प्रतिक्रिया दिएका छन् ।

लामाले जापानका क्रियाशिल संघसंस्था, राजनैतिक दलका भातृसंस्थासँग हात्तेमालो गर्दै जापानवासी नेपालीको सुख दुःखमा साथ दिने प्रतिबद्धता गरेका छन् ।

त्यस्तै अन्य पदमा पनि जापानका संघसंस्थाका प्रतिनिधि र स्थानीय राजनीतिक दलको पहलमा सहमतीय प्रयास भइरहेको बताइएको छ । तर महिला प्रतिनिधिमा सहमति नजुट्दा सहमतीय सकस बढेको बुझिएको छ ।

उता वरिष्ठ उपाध्यक्षमा देविलाल भण्डारी र सह-कोषाध्यक्षमा राम थापा (अनिल)को एकल उम्मेदवारी परेपछि भण्डारी र थापा यसअघि नै निर्विरोध भइसकेका छन् ।

त्यस्तै जापानबाट केन्द्रमा प्रतिनिधित्व गर्नका लागि आईसीसीमा कपिलदेव थापा, दिनेशकुमार गुरुङ, अनुज थापा, डिलाराम खरेल र केशर गिरी चयन भएका छन् ।

प्रकाशित मिति: २०७४ साउन ३० गते १९:४४ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी