एनआरएनए मलेसियाको अधिवेशन अगष्ट २७ मा

nrn malaysiaगैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति मलेसियाको पाँचौं अधिवेशन यही अगष्ट २७ मा हुने भएको छ । संघले प्रकाशन गरेको समयतालिकाअनुसार विभिन्न पदका लागि विधानअनुरुप योग्य व्यक्तिहरुले यही अगष्ट २० मा उम्मेद्धारी दर्ता गर्न सक्नेछन् । उनीहरुको उम्मेद्धारीउपर दाबी/विरोध गर्नुपर्ने कारण भए अगष्ट २२ मा दाबी विरोध गर्न सकीनेछ ।

लाखौं नेपाली कार्यरत मुलुक मलेसियामा हुन लागेको यो संघको पाँचौं अधिवेशन हो । संघले सदस्यतापत्र नवीकरण एवं नयाँ सदस्यता लिने समयावधि यही अगष्ट १५ सम्मका लागि तोकीएको जनाएको छ ।

संख्यात्मक आधारमा धेरै नेपाली रहेको मुलुक भएपनि यहाँ संघका सदस्यहरु खाडी मुलुकका तुलनामा कम छन् । संघको वेबसाइटमा राखीएको तथ्यांकअनुसार हाल ५४९ जना सदस्यहरु रहेका छन् । तीमध्ये बहुसंख्यकले सदस्यता नवीकरण गरेका छैनन् ।

अध्यक्षका प्रत्यासी 
बैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुक मलेसियामा आयोजना हुन लागेको संघको यो पाँचौ अधिवेशनमा अध्यक्ष पदका लागि ३ जना आकांक्षीहरु देखिएका छन् । यसपाली संघका हाल अन्तर्राष्ट्रिय समन्वय समितीका सदस्य रहेका खगेन्द्र न्यौपाने, अध्यक्ष विश्व राई, उपाध्यक्ष रमेश प्रसाद तिवारी र महासचीव सुन्दर आलेले आगामी कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो आकांक्षा देखाएका छन् । यीमध्ये राई र आले संघको स्थापनाकालदेखि नै सक्रिय छन् । आकांक्षी चारै जना मलेसियामा झण्डै एक दशकअघि देखि नै विभिन्न व्यवसायमा संलग्न छन् ।
कान्तिपुरबाट
प्रकाशित मिति: २०७४ साउन ३१ गते १३:०६ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी