बाढी पहिरोमा ज्यान गुमाउनेको संख्या १०० पुग्यो

काठमाडौं, ३१ साउन । देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या १०० पुगेको छ ।

गृह मन्त्रालय प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार अहिलेसम्म १ सय १५ जनाको ज्यान गएको पुष्टि भएको छ । बाढी पहिरोमा ३८ जना बेपत्ता भएका छन् ।

२ हजार ८४७ घर पूर्ण रुपमा क्षति भएको छ भने ३ हजार ७२७ पूर्वाधार संरचनामा क्षति भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । बाढी पहिरो पीडितको राहत तथा उद्दारमा सुरक्षाकर्मीसहित झण्डै २७ हजार जनशक्ति खटिएका छन् ।

सोमबारबाट राहत वितरण सुरु भएको छ । बाढी तथा डुवान प्रभावित तराई मधेसका १२ जिल्लामा त्रिपाल, कम्वल, म्याट्रेसका साथै चिउरा, बिस्कुट, चाउचाउ, भुजा, पानीका साथै जीवनजल, सिटामोल समेत वितरण गरिएको छ ।

प्रकाशित मिति: २०७४ साउन ३१ गते १३:०८ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी