राजनीति मतदाता नामावली संकलनका लागि तीन दिन समय थपियो

काठमाडौं, ३२ साउन । स्थानीय तहको निर्वाचनका समयमा मतदाता नामावलीमा नाम छुटेका व्यक्तिका लागि तय गरिएको समय थप गरिएको छ । निर्वाचन आयोगले साउन ३२ गते बुधबारसम्म छुटेका मतदाताले नामावली दर्ता गराउन सक्ने व्यवस्था गरेको थियो ।

छुटेका मतदाताको संख्या बढी भएपछि आयोगले तीन दिन थप गर्ने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार ६६९ स्थानबाटै मतदाता नामावलीमा नाम दर्ता गराउन सकिनेछ ।  सबै स्थानीय तह, जिल्ला निर्वाचन कार्यालयबाटै मतदाता नामावली दर्ता गराउन सकिने उनले बताए ।

उनका अनुसार आयोगले तीनदिनमात्र समय थप गरेको हो ।

प्रकाशित मिति: २०७४ साउन ३२ गते ६:५४ बजे

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी