महेन्दैले भने, ‘म छु यता मुग्लानमा’ (भिडियोसहित)

काठमाडौं– नेपालीहरुको महान पर्व दशैँ तथा तिहारको अवसर पारेर गायक चुडामणि नेपाली र पूर्णकला बिसीको स्वरमा ‘म छु यता मुग्लानमा’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ । सुनखानी म्युजिक प्रालिको प्रस्तुतीमा प्रदेशमा रहेका युवाहरु र घरदेशमा रहेको परिवारको कथालाई समावेश गरेर उक्त गीत निर्माण गरिएको हो ।

ma chhu muglan (2)

‘म छु यता मुग्लानमा’को शब्द सिर्जना गीतकार गणेश चौलागाइले गरेका हुन् भने गायक बिरही कार्कीको लय सिर्जनागरेका हुन् । गीको म्युजिक भिडियोतर्फ कुमार केसीको निर्देशनमा नायिमा तथा मोडल रन्जिता गुरुङ र महेन्द्र गौतममा सशक्त अभिनय रहेको छ भने रन्जिता र महेन्द्रलाई बालकलाकार बिशाल कार्की र हिमानी कार्कीले अभिनयमा साथ दिएका छन् । गीतमा परदेशीको कहानी समावेश रहेको छ ।

 

आफू मुग्लानमा हुँदा पाएको दुःख मुग्लान जाँदा साहुसँग लिएको ऋण फिर्ता गर्न नसकेको पिडा उतारिएको छ । जसमा हिन्दुहरुको महान पर्व दशैँ र तिहार जस्तो ठूलो चाडमा परिवारबाट टाढा रहनु पर्दाको पिडा र साहुको कचकचिलाई देखाईएको छ । गीतलाई अजय रेग्मीले छायांकन गरेका हुन् भने अनुप शिवाकोटीले सम्पादन गरेका हुन् । जसलाई सुनखानी म्युजिक प्रालिले नै बजार व्यवस्थापन गरेको छ ।

प्रकाशित मिति: २०७४ भदौ १५ गते १३:३२ बजे
One Comment on “महेन्दैले भने, ‘म छु यता मुग्लानमा’ (भिडियोसहित)”
  • birahi karki को प्रतिक्रिया 1 September, 2017, 6:03
    0

    thanks for news nepal aawaj

    Like or Dislike: Thumb up 0 Thumb down 0

    [Reply]

प्रतिक्रिया दिनुस्





epapres-inner-saun-24-071
banner-newskathmandu-sideba

ring-tone-1
music_khabar
manoranjansansar

लिङ्कहरुः–

♦ International Links

♦ Entertainment

फेसबुकमा हामी

ट्वीटरमा हामी